ad ad

राजनीति


शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहमति भएकोमा अस्ट्रेलियाले दियो बधाइ

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहमति भएकोमा अस्ट्रेलियाले दियो बधाइ

नेपालखबर
साउन ३०, २०८१ बुधबार १०:५१, काठमाडौँ

नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेकी छन्।

नेपालका लागि अस्ट्रेलियाली राजदूत भोल्कले खुमटारस्थित प्रचण्डको निवास पुगेर भेटघाट गरेकी हुन्।

भेटका अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहमति भएकोमा बधाइ दिएको प्रचण्डको सचिवालयले जनाएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदले सर्वसम्मतिबाट टुंगो लगाउँदै छ। 

नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रचण्डको प्रधानमन्त्रित्वकाल धेरै नै सफल र उत्कृष्ट भएको पनि त्यस क्रममा बनाइन्।

अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत भोल्कले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .