ad ad

राजनीति


बंगलादेशको उदाहरण दिँदै नेपालले भने : दुई दलीय व्यवस्था स्वीकार्य छैन

बंगलादेशको उदाहरण दिँदै नेपालले भने : दुई दलीय व्यवस्था स्वीकार्य छैन

नेपालखबर
साउन ३०, २०८१ बुधबार १६:५१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन्।

उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्शान पुर्याउने बताए।

दुई दलीय शासन व्यवस्था कसैले नसहने उनको भनाई छ। उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए।

अध्यक्ष नेपालले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ। अनि मध्यरातमा हस्ताक्षर गर्ने हो? दुई दलीय शासन ल्याउन खोजेको हो? दुई दलीय शासन नेपालमा आउन सक्दैन। हामी आउन दिँदैनौँ। बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ। बहुदलीय व्यवस्था यहाँ रहन्छ।’

नेपालले थपे, ‘बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ। कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन। टिक्न सक्दैन। प्रतिगमनको, अधिनायकवादको, दुई दलीय शासनको, दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन।’

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यसको चर्चा समेत गरे। उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरूले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .