ad ad

राजनीति


देउवाकै अघि माधवले भने– मध्यराति हस्ताक्षर गर्दैमा संविधान संशोधन हुँदैन

देउवाकै अघि माधवले भने– मध्यराति हस्ताक्षर गर्दैमा संविधान संशोधन हुँदैन

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १८:४३, काठमाडौँ

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतिमा शंका गर्ने ठाउँ रहेको बताएका छन्।

अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो।

‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन। संविधान अवश्य पनि छलफलको विषय बन्छ। तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन। त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौँ,’ उनले भने।

मंगलबार नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालको भनाइ थियो। 

‘कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर। यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ। त्यही कुरा मैले संसदमा पनि उठाएको थिएँ। त्यही कुरा मैले उठाएको छु सबै ठाउँमा पनि। मलाई बोल्न त मन थिएन। तर सन्दर्भ यहाँ आयो। प्रचण्डजीले मलाई के सुनाउनु भयो भने–आज आउनुभएको थियो,’ अध्यक्ष नेपालले अघि भने, छतपाईं र मेरो सम्बन्ध भनेको अब अन्तिम सास फेरुन्जेलसम्म हो। स्वर्ग पनि सँगै जाने हो, नर्क पनि सँगै जाने हो। भोलिपल्ट त जाँदै थिए। बीच बाटोमा प्रचण्डजीको पिठ्यूँमा ठयाक्क लात्ति परेपछि पछारिनु भयो उहाँ। त्यसो हुनाले ती सन्दर्भहरु धेरै नकोटयाउँ। म प्रत्येक नेतालाई भन्न चाहन्छु–मम गर्नुहोस्। आफूमाथि केही कमजोरी भएका छन्। त्यसलाई स्वीकार गर्नुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .