ad ad

राजनीति


जसपा नेपालको अभियान उद्घाटन तयारी समिति गठन

जसपा नेपालको अभियान उद्घाटन तयारी समिति गठन

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १५:२६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल’ आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन तयारी समिति बनाएको छ।  

पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ ९ गते काठमाण्डौमा एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गर्ने तयारी रहेको छ।

जसअनुसार सो अभियान उद्घाटनका लागि विभिन्न समितिहरु गठन गरिएका छन्। पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी एवम् बागमती प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका अध्यक्षहरू रहने गरी जीवन लामाको संयोजकत्वमा अभियान उद्घाटन मूल आयोजक समिति गठन गरिएको हो।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य ज्ञानबहादुर लामाको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्षहरू रहने गरी आर्थिक समिति गठन भएको छ। साथै, ओमकृष्ण श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र राज लामा शेर्पाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ।

बिस्तारित बैठकले पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश समितिको सह इन्चार्ज सुनी लामालाई पार्टी केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ।

जसपा नेपालले पार्टीका दुई सय केन्द्रीय सदस्यलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने अभियान भदौदेखि मंसिर मसान्तसम्म सञ्चालन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .