ad ad

राजनीति


दिल्लीबाट फर्केपछि परराष्ट्रमन्त्री–भारतले नेपाललाई एकदमै नजिकको छिमेकीका रुपमा लिँदोरहेछ

दिल्लीबाट फर्केपछि परराष्ट्रमन्त्री–भारतले नेपाललाई एकदमै नजिकको छिमेकीका रुपमा लिँदोरहेछ

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १७:६, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपाललाई नेपाललाई नजिकेको छिमेकीका रुपमा लिने रहेछ भन्ने आफूलाई आभास भएको बताएकी छिन्। 

भारतको पाँच दिने भ्रमण सकेर बिहीबार नेपाल फर्केकी राणाले त्रिभुवनविमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘म नेपालको विदेशमन्त्री भएर जाँदाखेरी उहाँहरुले गर्नुभएको जुन स्वागत थियो, त्यो चाहिँ हामी सबै नेपालीको स्वागत हो। नेपालकै प्रतिनिधि भएको कारणले उहाँहरुले गर्नु भएको हो। भारतले एकदम उच्च सम्मान र नजिकको छिमेकीको रुपमा लिँदोरहेछ भन्ने मलाई आभास भएको छ।’

राणाले आफ्नो भारत भ्रमण सफल रहेको दावी समेत गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र समय मिलाएर आउने जवाफ पाएको उनको भनाइ छ। 

पञ्चेश्वर परियोजना, हवाई रुट लगायतका विषयमा आफूले प्रधानमन्त्री मोदीसँग कुरा राखेको मन्त्री राणाको भनाइ छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेट गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .