ad ad

राजनीति


एसपीपी सम्झौताबारे कुनै प्रस्ताव आएको छैन : प्रधानमन्त्री ओली

एसपीपी सम्झौताबारे कुनै प्रस्ताव आएको छैन : प्रधानमन्त्री ओली

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १८:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको सम्बन्धमा कसैसँग कुराकानी नभएको स्पष्ट पारेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गत श्रावण ३२ गते अमेरिकी डिपुटी सेक्रेटरी अफ स्टेट फर म्यानेजमेन्ट एण्ड रिसोर्सेज रिचर्ज आर वर्मासँगको आफ्नो शिष्टाचार भेटमा एसपीपी सम्झौताको सम्बन्धमा कुनै कुराकानी नभएको स्पष्ट पारेका हुन्। 

एसपीपी सम्झौता अगाडी बढाउनुपर्छ भनेर सरकारलाई कसैले नभनेको बताउँदै उनले एसपीपीको बारेमा कुनै प्रश्ताव कतैबाट नआएको बताए।

‘एसपीपी जस्ता अरु कुराहरुमा चर्चा नभएको म सदनलाई जानकारी गराउन चाहन्छु। एसपीपी पहिले एकपल्ट चर्चा सम्म चलेको हो। त्योभन्दा अगाडी बढेको थिएन। अहिले बढाउनुपर्छ भनेर पनि कसैले भनेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै प्रस्ताव पनि कतैबाट आएको छैन। त्यो कुरा म बताउन चाहन्छु। वर्तमान सरकारसँग राष्ट्रिय हितको पक्षमा कुनै शंका नगर्न आग्रह गर्न चाहन्छु। यसले राष्ट्रिय हितको प्रश्नमा कुनै सौदाबाजी गर्दैन।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग राष्ट्रिय हितको पक्षमा कुनै शंका नगर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .