ad ad

ग्लोबल


थाइल्यान्डका शक्तिशाली नेता तथा पूर्वसेनापतिले पत्रकारलाई हाने थप्पड (भिडिओ)

राजावादी नेता प्रवितले मागे माफी, संसदले छानबिन गर्ने
थाइल्यान्डका शक्तिशाली नेता तथा पूर्वसेनापतिले पत्रकारलाई हाने थप्पड (भिडिओ)

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १८:१६,

थाइल्यान्डका एक प्रभावशाली नेता तथा पूर्वसेनाप्रमुखले एक पत्रकारलाई थप्पड हानेका छन्। प्रश्न सोध्न खोजिरहेकी पत्रकारलाई उनले क्यामराकै अघि पिटेका हुन्।

सांसद प्रवित वङसुवनले शुक्रबार सार्वजनिक सञ्चारमाध्यम थाइपीबीएसकी पत्रकार दुवाङथिप यिआमफोपलाई हात हालेका हुन्। 

ती पत्रकारले उनलाई प्रधानमन्त्री पेतोङत्रान सिनावात्राको नियुक्तिका विषयमा प्रश्न गरेकी थिइन्।

‘के सोध्दैछौ? के रे? के रे?’ उनलाई पिट्दै गर्दा ७९ वर्षीय प्रवितले भनेका थिए।

सन् २००० को दशकको सुरुमा प्रवित थाइल्यान्डका सेनापति थिए। पछि उनी राजनीतिमा लागे। 

२०१४ का सैन्य कूका प्रमुख योजनाकार मानिन्छन् उनी। सोही कूमा प्रधानमन्त्री रहेकी यिङलक सिनावात्रालाई अपदस्थ गरिएको थियो। जो वर्तमान प्रधानमन्त्री पेतोङत्रानकी फुपू हुन्।

सेनाले बनाएको सरकारमा प्रवित उपप्रधानमन्त्री थिए। जसले गतवर्षसम्म शासन चलाएको थियो। उनी राजावादी र सेना पक्षधर नेता हुन्।

थाइल्यान्डको संसदले सो घटनाको छानबिन गर्ने भएको छ। थाइपीबीएसले उजुरी गरेपछि सो छानबिनको निर्णय भएको हो। 

गम्भीर नैतिक विचलन देखिए सांसदबाट निलम्बन वा जीवनभरलाई प्रतिबन्धसमेत लाग्न सक्ने व्यवस्था छ।

पत्रकारका संस्थाहरुले सो आक्रमणको विरोध गरेका छन्।

प्रवितले दुवाङथिपसँग आफ्नो नियत खराब नरहेको भन्दै माफी मागेका छन्। 

२०१८ मा ११ वटा रोलेक्ससहित २२ वटा अलगअलग महँगा घडी लगाएको तस्बिर सार्वजनिक भएपछि उनीमाथि भ्रष्टाचार अनुसन्धान भएको थियो। तर, छानबिन आयोगले बीचमै अनुसन्धान बन्द गरेको थियो। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .