ad ad

राजनीति


थाइल्यान्डको राजनीतिक परिवर्तनले सर्‍यो बिमस्टेक शिखर सम्मेलन

थाइल्यान्डको राजनीतिक परिवर्तनले सर्‍यो बिमस्टेक शिखर सम्मेलन

हालै भारतमा सम्पन्न भएको बिमस्टेक मन्त्रीस्तरीय 'रिट्रिट'(फाइल तस्बिर)


नेपालखबर
भदौ १०, २०८१ सोमबार १६:२५, काठमाडौँ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलन तत्कालका लागि सरेको छ। 

सम्मेलन थाइल्यान्डको बैंककमा भदौ १८ र १९ गते हुने तय भएको थियो। थाइल्यान्डमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तनपछि सम्मेनल केही समयलाई थाँती राखिएको हो।

थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार त्यहाँको विदेशमन्त्रालयले पत्राचार गरेर हाललाई सम्मेलन नहुने जानकारी दिएको हो। सम्मेलनको नयाँ मिति भने तय भएको छैन।

सम्मेलनमा सहभागी हुन नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली जाने तयारी थियो। यही मेसोमा ओलीले थाइल्यान्ड भ्रमणलाई द्वीपक्षीय समेत बनाउने तयारी गरेका थिए।

सन् १९९७ मा स्थापना भएकाे बिमस्टेककाे नेपाल सन् २००४ मा सदस्य बनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .