ad ad

राजनीति


एकीकृत समाजवादीको पदाधिकारी छान्न निर्वाचन हुने, यस्तो छ कार्यतालिका

एकीकृत समाजवादीको पदाधिकारी छान्न निर्वाचन हुने, यस्तो छ कार्यतालिका

नेपालखबर
भदौ १०, २०८१ सोमबार १८:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि निर्वाचन गर्ने भएको छ। गत असार तेस्रो साता भएको महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भए पनि बाँकी पदाधिकारी तोकिन बाँकी थियो। 

अन्य पदाधिकारी पनि सहमतिमै टुंग्याउने प्रयासमा नेताहरू लागेका थिए। तर, सहमति हुन नसकेपछि अन्तिम अवस्थामा निर्वाचन प्रक्रियामा जाने भएको हो। 

पार्टी निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन्। सार्वजनिक गरिएको कार्यतालिका अनुसार, सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। 

मतदान भने भोलि (मंगलबार) २ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ। मंगलबार साँझ ६ बजेबाटै मतगणना सुरु हुने पनि कार्यतालिकामा बताइएको छ।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .