राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए।
अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताउँदै उनले हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप शुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न सुरु गरे भन्ने संकेत देखिएको बताए।
‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन्। अब जे पनि चल्दैन भन्नेकुरा जुन सुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप सुरु भएको छ। राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ। अब आम नागरिकले पनि हस्तक्षेप गर्न सुरु गरे भन्ने संकेत दिएको छ,’ उनले भने, ‘जनता जागिरहेका छन्। अब जनताले हरेक चिज हेरिरहेका छन्। सच्चिनु र सुध्रिनु बाहेक केही छैन। दुई तिहाईको सरकारलाई यो भन्दा ठूलो घण्टी अरु बज्दैन। ढाकछोप गर्नेतिर जानु भएन।’
सभापति खतिवडाले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराए।
Shares
प्रतिक्रिया