ad ad

राजनीति


प्रचण्डले राजनीतिबाट सन्यास लिनुभयो : महेश बर्तौला

प्रचण्डले राजनीतिबाट सन्यास लिनुभयो : महेश बर्तौला

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १८:३०, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्यास लिएको घोषणा गरेको टिप्पणी गरेका छन्।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदमा अध्यक्ष प्रचण्डले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि उनले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको जिकिर गरे।

‘माननीय पुष्पकमल दाहालज्युले संसदमा बोल्दै गर्दा हामीले सुन्यौँ। हामीलाई लाग्यो, आजदेखि नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाज्युले संसदको रोष्टमबाट औपचारिक ढंगबाट अब म सत्ताको खेलमा छैन, हाम्रो पार्टी सत्ताको कुनैपनि खेलमा जाँदैन, उहाँले आफ्नो नाम फेरि पनि दोहा¥याएर भन्नुभयो, प्रचण्ड यो खेलमा छैन भन्नुभयो, यसले के देखाउँछ माओवादी केन्द्रका अध्यक्षज्यु, संसदीय दलका नेताले एक प्रकारले भन्ने हो भने राजनीतिबाट सन्यास लिनुभयो,’ बर्तौलाले भने।

सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको उनको तर्क छ। सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गरेको बर्तौलाले बताए। 

‘सत्ताको खेलबाट कहिले पनि यस खेलमा अघि नबढ्ने त्यो प्रकारको, सत्तामा नजाने गरीको, नजोडिने गरीको सन्यासको घोषणा गर्नुभयो। अर्कोतर्फ उहाँले सँगै भन्नुभयो, प्रतिपक्षको दलको नेताको कुरा पनि भन्नुभयो। सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी कन जे बताउनु भयो, उहाँलाई म प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि सत्तापक्षले लिए हुन्छ जुन भन्नुभयो, धेरै समय कुनुपर्दैन,’ उनले अघि भने, ‘त्यो दिन आउँछ, जनताले नै उहाँलाई विपक्षी दलको नेताको हैसियत पनि प्राप्त नहुने परिस्थित पाउनुहुनेछ। उहाँ जसरी जान खोज्दै हुनुहुन्छ, संसदमा पूर्वप्रधानमन्त्रीले बोल्ने तरिका जुन प्रकारको कुण्ठा अभिव्यक्ति प्रकट गर्नुभयो, त्यसले उहाँ ठूलो दल बन्नेगरीको तयारीमा हुनुहुन्न भन्ने स्वयं भन्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .