ad ad

राजनीति


सुदूरपश्चिमको परामर्श बैठक : अध्यक्ष प्रचण्डसहित पदाधिकारीको जम्बो टोली धनगढीमा

सुदूरपश्चिमको परामर्श बैठक : अध्यक्ष प्रचण्डसहित पदाधिकारीको जम्बो टोली धनगढीमा

नेपालखबर
भदौ १२, २०८१ बुधबार १६:११, कञ्चनपुर

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश परामर्श बैठक सुरु भएको छ। माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबारदेखि बैठक सुरु भएको हो। 

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन्। 

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी परामर्श बैठकमा सामेल छन्। 

दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी रहेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .