ad ad

राजनीति


बिमा सेवा व्यवस्थित छैन, काम हुँदैछ : स्वास्थ्यमन्त्री पौडेल

बिमा सेवा व्यवस्थित छैन, काम हुँदैछ : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
भदौ १२, २०८१ बुधबार १८:४३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन्।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उनले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए। 

बिमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याइने बताउँदै उनले स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको बताए। 

‘मेरो विचारमा हामीले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बिमा मात्रै हो। आज हामीले जुन बिमा सेवा प्राप्त गरेका छौँ, त्यो व्यवस्थित छैन। त्यसबाट हामीले आवश्यक पर्ने सबै सुविधा सहज ढंगबाट, बिमाको सीमाबाट प्राप्त गर्न सकिने स्थिति छैन। एक लाख बाट प्राप्त गर्न सकिरहेको स्थिति छैन। त्यसैले बीमाको सिमालाई बढाउने, पाँच लाख पुर्‍याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। हामी यसलाई सरकारको नीति बनाउन चाहन्छौँ,’ मन्त्री पौडेलले भने।

स्वास्थ्यमन्त्री पौडेलले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताए। 

‘स्रोत नभएको कारणले एक लाख पनि व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुन सक्छ भनेर हामीलाई प्रश्न गरिरहनु भएको छ। हामीले स्रोत कसरी उपलब्ध हुन सक्छ भनेर पनि सँगसँगै प्रस्तुत गरेका छौँ। छिरलिएर सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बिबीमामा समायोजन गर्नु जरुरी छ। संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउने जुन खर्च गरेको छ। त्यसलाई छिरलिएर होइन, आ–आफ्नो ढंगबाट होइन,’ मन्त्री पौडेलले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .