ad ad

राजनीति


रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन तीव्र पहल गर्छु : प्रस्तावित राजदूत चौहान

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन तीव्र पहल गर्छु : प्रस्तावित राजदूत चौहान

नेपालखबर
भदौ १९, २०८१ बुधबार १६:४०, काठमाडौँ

रूसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई नेपाल फर्काउन तिव्रताका साथ पहल गर्ने बताएका छन्।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई स्वदेश फर्काउन तीव्र पहल गर्ने बताए।

‘मैले यो समस्या सहजीकरण गर्नका लागि सरकारले पहल गरिराखेको अवस्था हो। मैले त्यसलाई अझ बढी तिव्रताका साथ पहल गर्नका लागि मलाई रुसी भाषाको ज्ञान र रुसीहरूसँग परिचयको कारणले गर्दापनि सहज हुन्छ कि भन्ने मैले अपेक्षा राखेको छु,’ उनले भने।

आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको पनि उनले बताए। 

नेपाली नागरिकहरू विचौलियामार्फत व्यक्तिगत सम्झौताको आधारमा त्यहाँ पुगेका उनको भनाइ थियो।

‘रुसको बजार ठूलो छ। झन्डै १५ करोड जनसङ्ख्या भएको बजार हो। त्यो बजारमा प्रशस्त सम्भावना छन्, हाम्रो देशमा उत्पादित सामानहरूलाई लग्ने  द्विपक्षिय व्यापारहरू जति हुनुपथ्र्यो त्यो हुन सकिराखेको छैन। रुसको पछिल्लो परिवर्तन र नेपालमा पनि आएको पछिल्लो परिवर्तनले निजी क्षेत्रहरू फस्टाएको अवस्था छ,’ प्रस्तावित राजदूत चौहानले भने, ‘निजी क्षेत्रको बीचमा कुनै सहकार्यहरू भएर हामीले हाम्रा वस्तुहरूको बजारको खोजी गर्दै कसरी बजारलाई विस्तार गर्न सकिन्छ, र हामी नेपालीहरू कसरी बढीभन्दा बढी लाभान्वित हुन्छौँ भन्नेमा ध्यान दिन जरुरी छ। जति सम्भावना छ द्वीपक्षिय व्यापारको त्यो हुन सकिरहेको छैन।’

उनले अघि भने, ‘तर उनीहरू विभिन्न विचौलियाहरूबाट, विभिन्न व्यक्तिगत कन्ट्रयाक्टको आधारमा उनीहरु त्यहाँ पुगेका छन्।  व्यक्तिगत कन्ट्रयाक्ट एक वर्षको छ। एक वर्षको कन्ट्रयाक्ट सकिएपछि उनीहरू स्वतः कन्ट्रयाक्ट भंग गरेर फर्किन पनि सक्छन्। सुन्नमा आए अनुसार कतिले नागरिकता पाउने प्रक्रियामा छन्। नागरिकता पाए भने फर्काउने कुरामा केही गर्न सक्ने अवस्था रहँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .