ad ad

राजनीति


‘संविधान संशोधनबारे माओवादीले भ्रम सिर्जना गर्न खोज्यो’

‘संविधान संशोधनबारे माओवादीले भ्रम सिर्जना गर्न खोज्यो’

फाइल फोटो


नेपालखबर
भदौ १९, २०८१ बुधबार १८:३७, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन्।

बुधवार विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको ‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस—एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिवद्धता जनाए।

महतले नेकपा माओवादी केन्द्रले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए।

उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने दाबी गरे।

उनले भने, ‘एउटा मुद्दा सात बुँदे सहमतिमा संविधानको संशोधनको कुरा पनि उल्लेख गरेका छौँ। कतिपयले, खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेका छौँ, समावेशीतालाई कमजोर गर्न गरिरहेका छौँ भनेर गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोशिस भएको छ। यो कदापी होइन।’

पूर्वअर्थमन्त्री समेत रहेका सांसद महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए। सांसद महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्युन हुनु चिन्ताको विषय रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .