ad ad

राजनीति


‘जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणाली थप चुनौतीपूर्ण’

‘जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणाली थप चुनौतीपूर्ण’

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:१३, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतीपूर्ण बनाएको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम रहेको बताए।

उपराष्ट्रपति यादवले कृषि क्षेत्र युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको बताए।

उनले कृषि क्षेत्रमा युवालाई सक्रिय रुपमा सहभागी गराउनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

उनले कृषि खाद्य प्रणालीमा नयाँ युगको नेतृत्व युवाहरुकै हातमा रहेको बताए।

कृषि खाद्य प्रणालीमा नाफा मात्र नभई गरिबी निवारण, क्षेत्रीय विकास, सामाजिक रुपान्तरण, नविनता प्रवद्र्धन र विज्ञान तथा प्रविधिको प्रयोगमा जोड दिन एवं युवालाई नेतृत्वदायी भूमिका खेल्न आह्वान गरे।

उनले भने, ‘हामीले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएका छौँ। तथापि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम छ। यस क्षेत्रमा धेरैजसो गरिव परिवारको निर्भरता रहेको छ। बदलिँदो जलवायुले हाम्रो वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको छ । साथै यो क्षति युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ।’

उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित र लगानीमा प्रोत्साहन, साझा लगानीको पहल र विज्ञान, नवप्रवर्तन तथा सामूहिक समावेशीकरणमा केन्द्रित गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .