ad ad

राजनीति


कालो बजारी रोक्न सबै नागरिकहरु अनुगमनकर्ता बन्नुपर्छ : उद्योगमन्त्री

कालो बजारी रोक्न सबै नागरिकहरु अनुगमनकर्ता बन्नुपर्छ : उद्योगमन्त्री

नेपालखबर
फागुन २४, २०७६ शनिबार ११:५६,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताएका छन्।

नोभल कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई गराई अनुगमनकर्ता बन्न आग्रह गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने, ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनीलगायतका अत्यावश्यक वस्तुहरु बजारमा प्रयाप्त रहको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह गरेका हुन्। उनले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनै पनि औषधिको अभाव नहुने बताए।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनै पनि वस्तुको अभाव नरहेको बताए। अत्यावश्यक सामग्रीहरु बजारमा प्रसस्त रहेको भन्दै कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गरे।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले सरकारले कालोबजारी भइरहेका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए। उनले प्राकृतिक विपदको बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाई उचित कारबाही गर्नुपर्ने बताए।

नोभल कोरोना भाइरसका कारण बजारमा मास्क, पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ। त्यस्तै भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ। त्यसबाहेक खाना पकाउने ग्यासको समेत अभाव देखिन थालेको छ। त्यस्तै खाध्य सामग्रीको समेत अभाव हुने भन्दै कालोबजारी गर्नेहरु सक्रिय भएकोले बजारमा कालोबजारी बढेको उपभोक्ताकर्मी महर्जनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .