राष्ट्रपति रामचन्द्र पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताएका छन्।
भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन गर्दै बिहीबार उनले यस्तो बताएका हुन्।
उनले राज्य जति बलियो, सशक्त र सम्पन्न हुँदै जान्छ त्यति नै दुःखका दिनहरु हट्दै जाने बताउँदै सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने भन्दै उद्योगहरु खोल्न व्यवसायीहरुलाई आग्रह गरे।
आर्थिक रुपले नेपाललाई धनी बनाउने काम सुस्ताबाट सुरु हुनुपर्ने बताउँदै उनले भने, ‘तपाईंहरूले उद्योग खोल्नुस्, आर्थिक रुपले नेपाललाई धनी बनाउने काम यो ठाउँबाट गर्नुस्। यो झोलुंगे पुल मात्रै होइन। अहिले हामी अलि गरिब नै छौँ। अलि हाम्रो आर्थिक हैसियत राम्रो भएपछि मोटर पुल बनाइदिन्छौँ। केही वर्ष पर्खनै पर्छ। तर तपाईंहरू चिन्ता नगर्नुहोला। यो राज्य जति बलियो हुँदै जान्छ, नेपाल जति सशक्त हुँदै जान्छ, सम्पन्न, समृद्ध हुँदै जान्छ। त्यति त्यति हाम्रा दुःखका दिनहरू हट्दै जान्छन्।’
उनले अहिले देशको आर्थिक स्थिति कमजोर रहेको भन्दै आर्थिक स्थिति सबल भएसँगै मोटर पुल बनाइदिने सुस्तावासीसँग प्रतिबद्धता जनााए।
Shares
प्रतिक्रिया