ad ad

राजनीति


सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने ऊर्जामन्त्रीको घोषणा

सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने ऊर्जामन्त्रीको घोषणा

नेपालखबर
असोज १०, २०८१ बिहिबार २१:३५, काठमाडौँ

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरूलाई एक वर्षको लागि विद्युतको महसुल नलिने घोषणा गरेका छन्।

सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उनले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुःल्क नलिने बताएका हुन्। 

गरिब जनताहरू र मुलुकको स्रोत, साधनबाट बञ्चित रहेका व्यक्तिहरूलाई सरकारले विद्युत उपलब्ध गराउँदै आएको पनि बताए। 

‘गरिब जनताहरू र मुलुकको स्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरूलाई हामीले विद्युत उपलब्ध गराउँदै गर्दा उहाँहरुले के सुविधा थप पाउँछन् त भन्ने आशयका साथ आफ्ना मन्तव्यमा अनुरोध गर्नुभएको छ। म अनुरोधलाई ससम्मान गर्दै यस मन्त्रालयका तर्फबाट एक वर्षका लागि विद्युत निःशुल्क हुने घोषणा गर्न चाहन्छु,’ उनले भने।

१५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरूको ध्यानाकर्षण भएको बताउँदै उनले विद्युतको पहुँचसँगै उद्योगधन्दा र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गरे।

‘१५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेको छ भन्ने छ। विद्युतको पहुँच पुग्दै गर्दा यहाँ उद्योग धन्दाहरू सञ्चालन हुने, रोजगारीहरु प्राप्त हुने, छिमेकी मुलुक भारत रहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .