ad ad

कारोबार


डिशहोमको इन्टरनेट जोड्दा बोनससहितको आकर्षक अफर

डिशहोमको इन्टरनेट जोड्दा बोनससहितको आकर्षक अफर

नेपालखबर
असोज १५, २०८१ मंगलबार १८:८, काठमाडौँ

डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर छ।

यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्। हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम अप्लाइनसेसका सामानहरू आईटेल ए६०एस स्मार्टफोन, माईभाई डुओपड्स टी२० इयरबड्स र डिशहोम फोरके स्ट्रिमरजस्ता उपहारहरू जित्न सक्नेछन्।

यति मात्र होइन, बम्पर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डीएचआई होम अप्लाइनसेसको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। 

डिशहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम अप्लाइनसेसका सामानहरूमा ४० प्रतिशतसम्म छुट, माईभाई डुओपड्समा ५४ प्रतिशतसम्म छुट र फायरबल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोम इन्टरनेटको ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

डिशहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .