ad ad

राजनीति


पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोटः विप्लव समूहले गराएको आशंका

पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोटः विप्लव समूहले गराएको आशंका

प्रविन कोइराला
फागुन २८, २०७६ बुधबार ४:६,

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा आज (बुधबार) बिहानै शक्तिशाली बम विस्फोट भएको छ।

बिहान पौने ८ बजेतिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो।

विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन्।

madhy1

साथै बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ। बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको छ। सिसा पनि फुटेका छन्।

घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ।

घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन्।

madhya2

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ।

‘यो निकै ठूलो विस्फोटचाहिँ होइन, प्रतिबन्धित समूहले कुनै सन्देश दिने उद्देश्यले विस्फोट गराएको हुन सक्छ,’ घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने।

 

प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ।

विस्फोटपछि अहिले स्थानीय त्रसित भएका छन्।

घटनापछि अहिले घटनास्थलमा बाक्लाे रुपमा सुरक्षाकर्मी खटाइएकाे छ। 

madhya3 1

madhya4

madhya7

madhya8

madhya9

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .