ad ad

राजनीति


युरोपेली संघका नेताहरूले मङ्गलबार कोरोनाबारे भिडियो सम्मेलन गर्ने

युरोपेली संघका नेताहरूले मङ्गलबार कोरोनाबारे भिडियो सम्मेलन गर्ने

नेपालखबर
चैत ३, २०७६ सोमबार १२:३९,

“भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस सङ्क्रमण र औषधिबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने सम्भावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्नेछ,” यूरोपेली परिषद् प्रमुख चार्ल्स मिसेलले ट्वीटमा भनेका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क मुलुकका नेताहरूबीच यस्तै सम्मेलन आइतबार भएको थियो भने सोमबार क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका जी–७ राष्ट्रका उच्च तहका नेताहरूबीच भिडियो सम्मेलनमार्फत कोरोना नियन्त्रणबारे छलफल हुने कार्यक्रम छ। परिषद्का प्रमुख मिसेलले सम्मेलनको आह्वान गरेका हुन्।

विश्व स्वास्थ्य संगठनले अहिले यूरोपलाई कोरोना भाइरसको सङ्क्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ।

सुरूमा चीनबाट पत्ता लागेको कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गएको सन्दर्भमा विभिन्न मुलुक तथा क्षेत्रले एकतर्फीरूपमा आफ्ना सीमाबाट आवागमनलाई बन्द गर्ने तथा सिमानामा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका कडा उपायहरू अवलम्बन गरेको अवस्थामा ईयू प्रमुखहरूले पनि ईयूको साझा धारणा बनाउने उद्देश्यका साथ छलफलका लागि सम्मेलनको आयोजना गर्न लागेको हो।

यसैबीच यूरो क्षेत्रमा एकल मूद्रा प्रयोगकर्ता मुलुकहरूको समूहका अर्थमन्त्रीहरूले पनि कोरोना भाइरस सङ्क्रमणका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई कसरी कम गर्ने भन्ने बिषयमा छलफल पनि सोमबार भिडियो सम्मेलनमार्फत गर्ने बताएइएको छ। उनीहरूले सङ्क्रमणका कारण पर्ने आर्थिक भारलाई कम गर्न वित्तीय प्याकेज बनाएर अघि बढ्ने बिषयमा छलफल गर्ने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .