ad ad

राजनीति


कोरोनाबारे जनचेतना फैलाउन भन्दै डा. भट्टराईले ट्विटरमा फेरे आफ्नो नाम

कोरोनाबारे जनचेतना फैलाउन भन्दै डा. भट्टराईले ट्विटरमा फेरे आफ्नो नाम

नेपालखबर
चैत ५, २०७६ बुधबार १२:३०,

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेका छन्।

कोरोना भाइरस (कोभिड १९) बारे जनचेतना फैलाउने उद्देश्यका कारण आफूले नाम परिवर्तन गरेको डा. भट्टराईले बताएका छन्।

यसअघि डा. बाबुराम भट्टराईको नाममा सञ्चालन हुँदै आएको उक्त ट्विटर एकाउन्टको बुधबार नाम परिवर्तन गर्दै उनले ‘नियमित हात धोऔँ/वास योर हेन्ड’ राखेका छन्।

उनले कोरोना भाइरसबाट बच्ने मुख्य उपाय भनेको नियमित हात धुनु रहेको बताएका छन्। ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर ‘नियमित हात धोऔँ/वास योर हेन्ड’ राखेको छु। विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले भनेका छन्।

त्यस्तै मानवीय संकटको घडीमा सबैले सबैखाले क्षुद्र र संकीर्ण सोच/आचरण परित्याग गरी संसारभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्न सबै नागरिक एकजुट हुन र सरकारले जारी गरेका निर्देशनहरू सबैले गम्भीर रूपमा ग्रहण र पालन गर्न समेत आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यसअघि सरकारले कोरोनाबाट बच्न पर्याप्त सावधानी नअनाएको र पूर्वतयारी नगरेकाे भन्दै आलोचना गर्दै आएका थिए।  विद्यालय, कलेज, एयरपोर्ट लगायतका मानिसको भिडभाड हुने स्थानमा तुरुन्त रोक लगाउन उनले माग गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .