ad ad

राजनीति


प्रधानमन्त्रीलाई गगनको पत्र : यो तरिकाले कोरोनाको महासंकट पार लगाउन सकिन्न

प्रधानमन्त्रीलाई गगनको पत्र : यो तरिकाले कोरोनाको महासंकट पार लगाउन सकिन्न

नेपालखबर
चैत १२, २०७६ बुधबार ७:२९,

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइमा नेपालले गरिरहेको तयारी प्रयाप्त नभएको बताएका छन्।

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेता थापाले एकताबद्ध भएर भीषण संकटको सामना गर्न सकिन्छ भनेर आफूहरु सरकारको पक्षमा उभिएको बताएका छन्। उनले कोरोना संक्रमण विरुद्धको लडाइँमा हरपल आफू प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्।

उनले सीमानाका बन्द गर्ने, लकडाउन गर्ने लगायतका सरकारका निर्णय राम्रा र स्वागत योग्य भए पनि यतिलेमात्रै नपुग्ने बताए। ‘हामी जे गरिरहेका छौं, पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासकंटबाट पार पाउन सकिन्न’, प्रधानमन्त्रीले सम्बोधन गर्दे नेता थापाले सामाजिक सञ्जालमा लेखेको पत्रमा उल्लेख छ, ‘हामीले तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु।’

उनले पछिल्लो समय भारतबाट नेपाल आएकाहरुलाई अनिवार्यरुपमा करेन्टाइनमा राख्नुपर्ने बताएका छन्।

उनले नेपालमा कोरोनाको चेकजाँज सामान्य भएको र अहिलेसम्म ६०० को मात्रै जाँच भएको भन्दै यसलाई बढाउन आग्रह गरे।

‘यो एक साताको सीमाबन्दी र १८ गतेसम्मको लकडाउनलाई सदुपयोग गर्दै हजारौँको परीक्षण गर्न विलम्ब नगरौँ’, उनले भनेका छन्।

यस्तो छ प्रधानमन्त्रीलाई गगनको पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .