ad ad

राजनीति


अमेरिकाद्वारा भेनेजुयलाका राष्ट्रपति मादुरो पक्रनेलाई डेढ करोड डलर पुरस्कार घोषणा

अमेरिकाद्वारा भेनेजुयलाका राष्ट्रपति मादुरो पक्रनेलाई डेढ करोड डलर पुरस्कार घोषणा

नेपालखबर
चैत १३, २०७६ बिहिबार १६:२७,

अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई डेढ करोड डलर पुरस्कारको घोषणा गरेको छ।

अमेरिकाले आज (बिहीबार) सो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

बिहीबार अमेरिकाको कानुन मन्त्रालयले मादुरोलाई लागुऔषध–आतंकवादमा दोषी ठहर गर्न लागेको अमेरिकाका सिनेटर मार्को रुबियोले बताएका थिए।

अमेरिकाले मादुरोलाई अमेरिकामा कोकेनको बाढी नै ल्याउन खोजेको आरोप लगाएको छ।

‘बिभिन्न मार्गबाट २०० देखि २५० मेट्रिक टनसम्म कोकेन भेनेजुयलाबाट पठाएको अनुमान छ। २५० मेट्रिक टनको भनेको ३ करोड घातक डोज हो,’ उसले भनेको छ।

यो निर्णय भएलगत्तै अमेरिकी विदेश मन्त्री माइक पम्पिओले मादुरो र उनका सहयोगीलाई पक्राउ गर्न सूचना दिने तथा सहयोग गर्नेलाई साढे ५ करोड डलर इनामको घोषणा गरेका हुन्।

त्यसमध्ये मादुरो पक्राउ गर्न सहयोग गर्नेलाई डेढ करोड र अरुलाई १ करोड डलरका दरले पुरस्कार दिइने पम्पिओले बताएका हुन्।

अमेरिकाले मादुरोको सरकारलाई अवैधानिक भन्दै त्यहाँको प्रतिपक्षी दलका नेता हुवान ग्वाइदोलाई समर्थन गर्दै आएको छ।

गत वर्ष ग्वाइदोले आफैलाई राष्ट्रपति घोषणा गरेका थिए। यद्यपि उनले मदुरोलाई सत्ताच्यूत गर्न सकेका छैनन्। सेनालगायत मुख्य शक्तिले अझै पनि मदुरोलाई साथ दिँदै आएका छन्।

ग्वाइदोले अमेरिकाको इसारामा भेनेजुएलामा कू गर्न खोजेको मदुरोको आरोप छ।

अमेरिकासहित पश्चिमा राष्ट्रहरुले ग्वाइदोलाई मान्यता दिएका छन्।

भेनेजुएलाको सत्ता पल्टाउने प्रयास अमेरिकाले लामो समयदेखि गर्दै आएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि त यस्तो प्रयास खुलेआम हुने गरेको छ।

यसपटक मदुरोबाहेक अन्य एक दर्जन नेताहरुलाई पनि अमेरिकाले आरोपित गरेको छ।

बिहीबार पत्रकार सम्मेलनमा बोलदै अमेरिकी महान्यायाधिवक्ता विलियम बारले मदुरोले कोलम्बियाली विद्रोहीसँग मिलेर अमेरिकामा कोकिनको बाढी पसाएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .