ad ad

राजनीति


लकडाउनको अवधि बढाउन मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको अवधि बढाउन मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखबर
चैत २४, २०७६ सोमबार ८:६,

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले लगाउँदै आएको लकडाउनको मिति थप गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ।

सोमबार दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकमा लकडाउन थप गर्नेबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए।

‘मन्त्रिपरिषद् बैठक २ बजेका लागि बोलाइएको छ, लकडाउनको अवधि थप गर्ने विषय पनि होला अन्य विषय पनि होलान, हामीलाई एजेन्डाबारे जानकारी दिइएको छैन’, ती मन्त्रीले नेपालखबरसँग भने। उनले लकडाउनको अवधि एक हप्ता थप हुनसक्ने प्रवल रहेको बताए।

सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ।

चैत २२ गते एकैदिन कैलालीका तीनजनामा कोरोना संक्रमण भएको थियो। ती मध्ये एक जनामा विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा सरकारले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .