ad ad

राजनीति


सचिवालय बैठक बोलाउनेबारे ओली–प्रचण्ड छलफल

सचिवालय बैठक बोलाउनेबारे ओली–प्रचण्ड छलफल

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ७:४५,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

सचिवालयको बैठक बोलाउनेबारे छलफल गर्न ओलीले बोलाएपछि खुमलटार निवासमा रहेका प्रचण्ड बालुवाटार पुगेका हुन्।

सोमबार आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएका प्रधानमन्त्री ओलीले मंगलबार सचिवालय बैठक बोलाउने बताएका थिए।

प्रचण्ड र पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षसहितको गठबन्धनले आफूविरुद्ध घेराबन्दि गरेको भन्दै ओलीले सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर छलफल गरेका थिए।

पार्टीमा छलफल नै नगरी बैशाख ८ गते सरकारले दलविभाजन गर्न मिल्ने र संबैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश ल्याएपछि अध्यक्ष प्रचण्ड लगायतका सचिवालय सदस्य ओलीप्रति थप रुष्ट भएका हुन्।

अध्यादेश फिर्ता भएपनि त्यसले पार्टीमा पारेको प्रभावबारेमा समीक्षा गर्नको लागि नेकपाको तत्काल स्थायी समितिको बैठक बोलाउनुपर्ने भन्दै २० जना सांसदले अध्यक्ष ओलीलाई लिखित माग गरेका थिए।

त्यसपछि चुलिएको नेकपाको विवादका कारण आफ्नो प्रधानमन्त्री पदसमेत गुम्नसक्ने संभावनालाई विश्लेषण गरेका ओलीले माधव नेपाल समूहलाई आफ्नो पक्षमा ल्याउने कोसिस जारी राखेका छन्।

त्यसका लागि उनले सोमबार नेपालसँग आँफैले छmलफल पनि गरेका थिए। तर, उक्त छलफलमा नेपालबाट सकारात्मक सन्देश नपाएपछि ओलीले आफ्ना पक्षका तीन नेताहरुलाई पठाई नेपालसमूहका नेताहरुसँग छलफल पनि गरेका थिए।

उक्त छलफलमा पनि मंगलबार सचिवालय बैठक डाँक्नुपर्ने र त्यसले स्थायी समितिको मिति तोक्नुपर्ने बताएपछि वार्ता कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

मंगलबार पनि आफू निकटका केही नेतासँग परामर्श गरेका प्रधानमन्त्री ओलीले प्रचण्डसँग छलफल गर्न लागेका हुन्। प्रचण्ड र ओलीको भेटपछि सचिवालयको बैठक बोलाउन सक्ने संभावना रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .