जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै महोत्तरीको सम्सी गाउँपालिकामा मंगलबार सांँझ राँके जुलुस प्रदर्शन गरिएको छ।
डा. सुरेन्द्र यादवको घरसमेत रहेको सम्सी गाउँपालिकामा जसपाका नेता कार्यकर्ताले सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन्।
उनीहरुले पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा सांसद डा. यादवलाई अपहरण गरि घरबाट काठमाडौं लग्ने पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्ण श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न माग गरेका छन्।
3
Shares
प्रतिक्रिया