ad ad

राजनीति


विकासलाई फरक ढंगले अघि बढाउन संसदीय समितिको सुझाव

विकासलाई फरक ढंगले अघि बढाउन संसदीय समितिको सुझाव

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ८:४२,

राष्ट्रियसभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ।

शुक्रबार विज्ञ र सांसदहरुसँगको छलफलपछि समितिले दिगो विकासको निर्धारित लक्ष हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव दिएको हो। समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड—१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला भएको बताइन्।

दिगो विकासका निर्धारित लक्ष्यहरु जलवायु परिवर्तनमा पर्न सक्ने जोखिम न्यूनिकरणका लागि प्रतिवद्ध रहेपनि त्यसका लागि चालिएका कदम र प्रयासहरु प्रभावकारी हुन नसक्दा विश्वले कोरोना महामारीको सामना गरिरहेको उनले बताइन्। विज्ञहरुले भविष्यमा कोरोनाभन्दा पनि बढी भयानक अवस्थाको सामना गर्ने चेतावनी दिइरहेका बेला त्यसतर्फ सोच्नुपर्ने बेला आएको उनले बताइन्।

सभापति भट्टले सरकारका नीति कार्यक्रमलाई दिगो विकास लक्ष्य हासिल गर्दै थप क्रियाशील बनाउन तर्फ शुक्रबारको छलफल केन्द्रित भएको बताइन्।

वातावरण विज्ञ शिलशिला आचार्यले डिजेट, पेट्रोल र ठूला होटलहरुको विकल्पहरु सोच्न सकेमा मात्रै पनि वातावारण संरक्षण गर्न सकिने बताइन्। नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवद्र्धन गरी डिजेल पेट्रोलको प्रयोग घटाउने र ठूला होटलहरुको सट्टा होम स्टेहरुको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन्।

सांसद भैरव बहादुर श्रेष्ठले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेको बताए। सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालन तर्फ ध्यान दिन सकेमात्रै प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न सकिने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .