ad ad

खेल


जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु हुने

जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु हुने

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ८:१५,

कोरोना भाइरसको महामारीका कारण स्थगित रहेको युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु हुने पक्का भएको छ।

जर्मन फुटबल संघले बिहीबार बुन्डेस लिगा मे १६ बाट सुरु हुने घोषणा गरेको हो।

जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनिक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन्। दोस्रो स्थानको बोरुसिया डर्टमन्डले साल्केसँग खेल्दै गर्दा साविक विजेता बार्यन म्युनिख भने युनियन बर्लिनको भ्रमणमा निस्कने तय भएको छ। सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगाको अबरुद्ध सिजन पुन सुरु गर्ने घोषणा गरेकी थिइन्। उनले मेको दोस्रो साता खेल सुरु हुने बताएकी थिइन्।

कोरोनाका कारण मार्च १३ देखि लिगा स्थगित थियो। क्लबहरु भने मध्य अप्रिलबाट ट्रेनिङमा फर्कका थिए। लिगामा सबै क्लबले समान ९–९ खेलमात्र खेल्न बाँकी छ।

हालसम्मको अंकतालिका अनुसार बार्यन म्युनिख लिगमा शीर्ष स्थानमा छ। बार्यनको ५५ अंक छ भने दोस्रो स्थानमा बोरुसिया डर्टमुन्डको ५१ अंक छ। तेस्रो स्थानको आरबी लेपजीगको ५० अंक छ।

कोरोना रोकथाममा सुधार हुँदै गएपछि जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ।
यसैबीच स्पेनिस ला लिगा भने जुन महिनाबाट सुरु हुने घोषणा भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .