ad ad

राजनीति


भारतीय अतिक्रमणको विरुद्ध सरकारले तुरुन्त कदम चालोस्: नारायणकाजी

भारतीय अतिक्रमणको विरुद्ध सरकारले तुरुन्त कदम चालोस्: नारायणकाजी

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ९:१४,

शनिबार एक ट्वीट गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘भारतले अनाधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमिमा सडक बनाई शुक्रबार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु।’

उनले सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

 

भारतले शुक्रबार नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार एक कार्यक्रमबीच सो सडकमा आवागमनको आरम्भ गरेका थिए। भिडियो कन्फरेन्समार्फत सो सडक उद्घाटन गरेको उनले शुक्रबार ट्विटरमा जानकारी गराएका छन्।

गत कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानीसहित लिपुलेक र लिम्पीयाधुरासहित नेपाली भूभागलाई समेटेर आफ्नो नक्सामा पारेपछि त्यस विषयमा ठूलो विवाद भएको थियो।

नेपालले सो सीमासम्बन्धी विषयलाई समाधान गर्न वार्ताको प्रस्ताव गरे पनि भारतले चासो देखाएको छैन।भारतले सीमाको विषय संवादमार्फत् समाधान गर्ने भने पनि हालसम्म वार्ता हुन सकेको छैन।

नेपालले लिपुलेकभन्दा पनि उत्तर पश्चिम क्षेत्रमा रहेका लिम्पीयाधुरालाई पनि आफ्नो भूभागको रुपमा पुराना दस्तावेजहरु सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .