ad ad

राजनीति


लिपुलेकमा भारतद्वारा सडक निर्माण गरिएकोप्रति १० दलको आपत्ति

लिपुलेकमा भारतद्वारा सडक निर्माण गरिएकोप्रति १० दलको आपत्ति

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १०:३२,

नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० वामपन्थी दल तथा संगठनले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति जनाएका छन्।

नेपाललाई जानकारी नदिई गरिएको सडक निर्माणले नेपालको सार्वभौमितामाथि हस्तक्षेप भएको उनीहरुको ठहर छ।

शनिबार जारी संयुक्त वक्तव्यमा ‘विवादलाई वार्ताको माध्यमद्वारा समाधान गर्ने कुरा भारतले बताइरहेको पृष्ठभूिममा कालापानी क्षेत्रमा भारतले नेपालको अनुमति वा स्वीकृित बिना निर्माण गरेको सडक उसको नेपालमाथि हस्तक्षेपको नांगो उदाहरण’ भएको बताइएको छ ।

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त) र जनजागरण परिषद, नेपालद्वारा जारी संयुक्त वक्तव्यमा उक्त विषयमा तुरुन्त आफ्नो स्थिति स्पष्ट गर्नका लागि सरकारसित जोडदार माग गरिएको छ।

यति ठूलो परिमाणमा सडक निर्माण हुँदा र पुलहरूको निर्माण हुँदा समेत नेपाल सरकारलाई जानकारी नहुनु वा सरकार वेखबर हुनुलाई गम्भीर रूपमा लिएको वक्तव्यमा उल्लेख छ।

राष्ट्रियताका पक्षमा आन्दोलन गर्दै आइरहेको १० दलको संयुक्त मोर्चाले लकडाउन अघिसम्म भारतलेले कालापनी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विरोधमा देशब्यापी प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .