ad ad

राजनीति


विदेशमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन छाया श्रममन्त्रीको माग

विदेशमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन छाया श्रममन्त्रीको माग

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ६:३६,

विदेशमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउने व्यवस्था गर्न छाया श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा. डिला संग्रौलाले माग गरेकी छन्।

संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ तथा सांसद संग्रौलाले सरकारले उनीहरुको शव विदेशमै अन्त्यष्टि गर्ने अनुमति दिन परिवारलाई भनिरहेको भन्दै यसले आफन्तमा थप चोट पु¥याएको बताइन्।

‘मृतकका परिवार, आफन्त ‘कि सास देऊ, कि लास देऊ’ भनेर पर्खिरहेका छन् । उल्टै नेपाल सरकारले शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिने परिवारलाई पचास हजार रुपैयाँ दिने भनेको छ, जसले उनीहरुको भावना माथि ठेस पुगेको छ’, सांसद संग्रौलाले भनिन्।

यस्तै रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खीरहेको भन्दै उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चांडो उद्धार गर्नु पर्ने माग गरिन्।

नेपाल–भारत सीमामा आइपुगेका, केही दिनदेखि भोकै, प्यासै रहेका सयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्राएर नेपाल प्रहरी, सेना र स्वयम्सेवक परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेन्टिनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परीक्षण पछि मात्रै घर परिवारमा जान दिने व्यवस्था गर्नु पर्ने संग्रौलाको भनाई छ।

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्था र मध्य पूर्वमा रहेको श्रमिक सञ्जालसंग सहकार्य गर्न पनि सरकारलाई आग्रह गरेकी छन्।

कोरोना बाहेक कारणबाट विदेशमा एक सय बढीको ज्यान गइसकेको छ। तर कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शवसमेत ल्याउन सकिएको छैन। वैदेशिक रोजगार बोर्डले शव विदेशमै अन्त्यष्टि गर्न परिवारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .