ad ad

राजनीति


भारततर्फको सीमामा पर्खाल लगाउने हो भने सबै पारिश्रमिक दिन तयार छु : सांसद गिरी

भारततर्फको सीमामा पर्खाल लगाउने हो भने सबै पारिश्रमिक दिन तयार छु : सांसद गिरी

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:१६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पदम गिरीले नेपाल-भारत सीमामा पर्खाल लगाउने हो भने आफूले सांसदबापत पाउने पारिश्रमिक दिन तयार रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गिरीले भारततर्फको सीमाक्षेत्रमा पर्खाल लगाउने हो भने जनता गाँस काटेर सहयोग गर्न तयार रहेको र आफू पनि सबै पारिश्रमिक दिन तयार रहेको बताए।

‘भारततर्फको सीमाक्षेत्रमा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस्, त्यसका लागि देशभक्त नेपाली जनताले छाक काटाएर भए पनि सरकारलाई दिन तयार छन्’, सांसद गिरीले भने, ‘म पनि सांसद भएको नाताले मैले पाउने तलब सेवा सुविधा त्यही कार्यका लागि दिन तयार छु।’

उनले भारतले कालापानी–लिपुलेक–मानसरोवर करिडोर निर्माण गरेकोमा देशभक्त नेपाली मर्माहत भएको बताए।

पछिल्लो घटनाक्रमलाई लिएर कुटनीतिक नोट जारी गर्नुका साथै अन्य कूटनीतिक पहल गरेकोमा सरकारलाई धन्यवाद दिँदै उनले भारत नमाने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न समेत माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .