ad ad

कारोबार


बुद्ध एयरका प्रबन्धनिर्देशक भन्छन्ः चीन र भारतबाट मात्रै १५ लाख पर्यटक ल्याउन सकिन्छ

बुद्ध एयरका प्रबन्धनिर्देशक भन्छन्ः चीन र भारतबाट मात्रै १५ लाख पर्यटक ल्याउन सकिन्छ

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:११,

बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले चीन र भारतबाट मात्रै १५ लाख पर्यटक आउन सक्ने सम्भावना रहेको बताएका छन्।

बस्नेतले पत्रकार सम्मेलन गरी कोरोनापछिको पर्यटन क्षेत्रलाई उत्साहका साथ अघि बढाउन सकिने बताएका हुन्।

उनले नेपालका कोरोना संक्रमित धेरै नदेखिएको र लकडाउन खुलेपछि स्पष्ट सुरक्षा निर्देशिका लागू गर्नसके चिनियाँ र भारतीय पर्यटक ल्याउन सकिने बताए।

‘सरकारले पहिला काठमाडौं, पोखरा र चितवनलाई प्राथमिकता दिई योजना बनाउनुपर्छ’, बस्नेतले भने, ‘यी तीन क्षेत्रमा सबै पर्यटन व्यवसायीलाई सुरक्षित निर्देशिका पालना गराउनुपर्छ।’

लकडाउन खुलेसँगै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने र यी क्षेत्र सुरक्षित रहेको सन्देश दिनुपर्ने उनको भनाइ छ। त्यसपछि चिनियाँ र भारतीय पर्यटकलाई नेपाल कोरोनाबाट सुरक्षित छ। सबै प्रोटोकल बनाई काम गरिरहेको छ भनेर प्रचार गर्नसके छिमेकी मुलुकबाट मात्रै १५ लाख पर्यटक ल्याउन सकिने बताउँछन्।

उनले बुद्ध एयरले सुरक्षा निर्देशिका बनाइसकेको भन्दै पर्यटन बोर्डले छिटै निर्देशिका जारी गर्नुपर्ने बताए।

‘लकडाउन अब खोल्नुपर्छ । सुरक्षा निर्देशिका अक्षरशः पालना गर्दै अघि बढ्नुको विकल्प छैन’, बस्नेतले भने, ‘आर्थिक गतिविधि गर्न नसके देशमा बेरोजगारी, गरिबी त्यसपछिको अराजकता बढ्छ।’

कोरोनाका कारण बाहिर निस्किन नपाएका चिनियाँ र भारतीय नागरिक नेपाल ल्याउनसके पर्यटन उद्योग छिट्टै पुनरुथान हुने बताए। पर्यटन उद्योगीहरुले सुरक्षाको विधि अपनाउँदै सस्तो प्याकेज घोषणा गर्नुपर्ने उनको धारणा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .