सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबारका लागि स्थायी समितिको बैठक डाकेको छ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजेबाट बस्ने स्थायी समिति सदस्य मातृका यादवले बताए।
‘हामीलाई पार्टी कार्यालयबाट भोलि बैठक बस्ने भनेर एसएमएस (खबर) आएको छ,’ यादवले नेपालखबरसँग भने।
यसअघि बैशाख २५ गते बस्ने तय भएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच सहमति जुट्न नसक्दा स्थगित भएको थियो।
याे पनि:
नेकपा स्थायी समितिको यस्तो तयारी : दुई अध्यक्षबीच दुई मिटर दूरी
नेकपाको स्थायी समिति बैठक सर्यो, मिति तोक्न बाँकीः महासचिव
प्रतिक्रिया