ad ad

कारोबार


सेयरबजारमा ऋणात्मक सर्किट ब्रेक, १० करोड रुपैयाँको कारोबार

सेयरबजारमा ऋणात्मक सर्किट ब्रेक, १० करोड रुपैयाँको कारोबार

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:२१,

लकडाउनपछि पहिलोपटक खुलेको सेयरबजारमा ऋणात्मक सर्टिक ब्रेक भएको छ। नेप्से सूचक २ प्रतिशतभन्दा बढीले घटेका कारण ऋणात्मक सर्किट ब्रेक भएको हो।

२ घण्टाको कारोबार खुलाउने सरकारी निर्णयअनुसार आज ११ बजे कारोबार खुलेको हो।

आज नेप्से २५ अंकले घटेर १ हजार २ सय २६ अंकमा कायम भएको छ भने १० करोड रुपैयाँको कारोबार भएको छ।

बजारमा १ लाख ६ हजार कित्ता सेयरको कारोबार भएको हो। आज सबै सूचकहरु घटेका छन्।

बैंक, निर्जीवन बीमा, होटल, ट्रेडिङलगायत सबै दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

जीवन बीमा तेहरो अंकले घट्दा होटल र फाइनान्स कम्पनीहरु एकल अंकले घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .