ad ad

राजनीति


गगन थापाले भनेः प्रि-बजेट ल्याउँदा अर्थमन्त्रीले सांसदहरुलाई हेप्नुभो

गगन थापाले भनेः प्रि-बजेट ल्याउँदा अर्थमन्त्रीले सांसदहरुलाई हेप्नुभो

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ११:५७,

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रिबजेट ल्याउँदा अर्थमन्त्रीले सांसदहरुलाई हेपेको बताएका छन्।

मंगलबार संदद बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सधैँ बजेटमा धारा, पानी र ढलका कुरा गर्ने सांसदहरुलाई केही थाहा छैन भनेर प्रि बजेटमा सांसदहरुलाई अर्थमन्त्रीले हेपेको बताए। विद्धान अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकतामा सम्भावित संकटबाट बच्न अहिले सिमित बजेट ल्याएर भोलि पुरक अनुमान ल्याउन सकिने अवस्थामा पनि त्यस्तो नगरेर सांसदहरुलाई हेपेको बताए।

उनले भने, ‘अहिले सिमित बजेट ल्याएर भोली पुरक अनुमान ल्याउँछौँ अहिले अनुमान लगाउन सक्दैनौँ भन्नुपपर्ने थियो। होइन भने हामीले केही न केही त भन्नुपर्ने होला किन नभनेको? नआएर होइन। विद्धान अर्थमन्त्री हुनुहुन्छ। यो कित्ताले जानेको बुझेको भनेको अर्थमन्त्री हुनुहुन्छ। नआएर होइन्। भन्न नचाहेर हो। किन की सांसदहरुलाई केही पनि थाहा छैन। धारा, पानी र ढलका बारेमा सांसदहरुले कुराकानी गर्ने हुन्। यसका बारेमा लेखेर खास अर्थ छैन भनेर जानी जानीकन हेपेर नल्याइएको हो।’

अर्थमन्त्री र अर्थमन्त्रालयका कर्मचारीले संसारको अर्थलाई कोरोनाले प्रभावित गरेको विषयमा के अनुमान गरिरहेका छन् भन्ने कुरा सिद्धान्त र प्राथमिकताबाट थाहा पाउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए।

अमेरिका, फ्रान्स र जर्मनी लगायतका मुलुकले छुट्टै प्याकेज घोषणा गरेर अगाडि बढेको अवस्थामा पनि अर्थमन्त्रीले दिएका अभिव्यक्तिहरुले जनतालाई निरास र आतंकित बनाएको उनले बताए।

रोजगारी गुमाएर विदेशबाट ६ लाख मान्छे फर्किने अवस्थामा रहेपनि सरकारलाई यो विषयमा कुनै चिन्ता नभएको थापाले आरेप लगाए। ‘करिब ६ लाख मान्छे फर्कदैछन् ती मान्छेका बारेमा सरकारलाई चिन्ता छैन भन्ने कुरा अहिले सीमानामा हेर्न गए हुन्छ। बाहिर खाडीमा रहेका नेपालीका बारेमा प्रधानमन्त्रीले भनेका अभिव्यक्ति सुने हुन्छ’, उनले भने।

कोरोना संक्रमण नभएपनि नेपालको अर्थतन्त्रका बारेमा उत्साहित भएर छलफल गर्ने अवस्था नरहेको उनले बताए। गत फागुनको तथ्याङ्कले नेपालको अर्थतन्त्रका विषयमा प्रष्ट पारेको उल्लेख गर्दै उनले अहिले सार्वजनिक खर्च कटौती गर्ने अवशर भएपनि सरकारले आँट गर्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .