ad ad

राजनीति


सीमामा तारबार गराैं, राति करेन्ट छाडौंः सांसद विडारी (भिडियाे)

सीमामा तारबार गराैं, राति करेन्ट छाडौंः सांसद विडारी (भिडियाे)

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ८:५५,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले सिमानामा तारबार लगाउन माग गरेका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताए। संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उनले बताए।

उनले भने, ‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पार्‍यै गर्‍यो। यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने। यो गजबको भयो। कहिले संविधान जारी गर्न पाइँदैन भनेर उफ्रिन्छन्। कहिले भूकम्पले थला पारेको नेपाललाई नाकाबन्दिको हैरानी बनाएर थप तहस नहस पार्न खोज्छन्, कहिले कोरोना ग्रस्त भएको बेलामा सीमामा मनलाग्दी काम गरेको हल्ला खल्ला प्रचार गर्दै काम गर्छन।’ 

उनले सीमामा तारबार लगाउन र रातिमा करेन्ट छोड्नुपर्ने बताए।

 सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाए। राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपाएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको अरोप उनले लगाए।

बैठकको विशेष समयमा बोल्दै विडारीले भने, ‘नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे। मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे। राहत भूकम्पको बेलामा बाँड्ने हो। राहत बाढी पीडित भएको बेलामा बाँड्ने हो। अहिलेको राहत लोकल सरकारले बाँड्ने अरुले बाँड्ने होइन्। लोकल सरकारको पनि वडा अध्यक्षले बाँड्ने हो। वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो।’

राहत वितरणको आधार के हुने? कुन व्यक्तिलाई राहत दिने? भन्ने कुरा कानून बनाएर लागू गर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए। अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्‍याउनुको सट्टा गफ गरेर नहुने उनले बताए। त्यसका लागि कानून निर्माण आवश्यक रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .