सांसद गगन थापाले मनिषा कोइरालाको ट्विटमा आपत्ति जनाएका भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजका पति काैशल स्वराजलाई लामो जवाफ फर्काएका छन्।
थापाले अभिनेत्री कोइरालाले भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक लगायत भूभाग अतिक्रमण गरेको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ भनेर किन भन्नुपरेको हो भनी सप्रसंग व्याख्याा गरेका छन्।
नेपाली भूभाग लिपुलेकबारे भारत र चीनले सन् २०१४ मा नेपाललाई थाहै नदिई भारत र चीनको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भनी आफूहरु दुई पक्षबीच सम्झौता गरेका कारण चीन समेत यो मामिलामा जोडिने बताएका छन्।
‘तपाईंको ट्विट पढ्दा मलाई के लाग्यो भने मनिषाको ट्विटमा हाल जारी नेपाल भारत सीमा विषयको वार्तामा चीनलाई पनि सामेल गर्नुपर्छ भन्ने भनाईंमा तपाईंको सबैभन्दा ठूलो आपत्ति भएको देखियो,’ थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आफ्नो भनाईमा लेखेका छन्, ‘तपाईंले यो दृष्टिकोणलाई उत्तेजनात्मक र विचारहिन ठानेको देखिन्छ।’
— governorswaraj (@governorswaraj) May 20, 2020I can't argue with you my child @mkoirala. I have always treated you as my daughter. When you invited us for the premiere of 1942-a Love story, I did not stay for the film. Yes, @sushmaswaraj watched the film and you had Bansuri in your lap./1
सीमाको विषयमा नेपालको अहिलेको राजनीतिक घट्नाक्रमबारे काैशलकाे जानकारी खिया लागेको (पुरानो) भएको पाउँदा आफूलाई दुख लागेको समेत उनले बताएका छन्।
यो विषयमा चीनलाई सामेल गर्ने प्रस्ताव कुनै नयाँ कुरा नभएको उनकाे भनाइ छ।
हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा सुगौली सन्धीअनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभागको हाे भनी स्पष्टरुपमा बताएको स्मरण गराएका छन्।
त्यसैगरी कांग्रेसकै पूर्वसभापति सुशिल काेइराला प्रधानमन्त्री भएका बेला लिपुलेकमा भारत र चीनले नेपाललाई पत्तै नदिई गरेको सहमतिप्रति आपत्ति जनाउँदै दुवै देशलाई साे सरकारका तर्फबाट प्रोटेस्ट नोट पठाएको इतिहास समेत उनले काैशल स्वराजलाई सम्झाएका छन्।
त्यहि सहमतिको परिणामस्वरुप अहिले भारतले लिपुलेक हुँदै बाटो उद्घाटन गरेको उनले बताएका छन्।
यसरी नेपाली भूमिमा हुने अतिक्रमण नेपाली कांग्रेसलाई स्वीकार्य नहुने र त्यसविरुद्ध सरकारलाई निशर्तः समर्थन रहेको जानकारी समेत थापाले दिएका छन्।
‘यसर्थ मनिषाको भनाईमा कुनै गल्ति छैन,’ थापाले प्रष्ट्याएका छन्।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020
त्यसैगरी नेपालमा हुने हरेक घट्ना चीनबाट निर्देशित हुन्छ भन्ने भ्रमबाट समेत मुक्त हुन उनले आग्रह गरेका छन्।
‘यो विषय वार्ताबाटै सल्टाऊँ भनी नेपालले निरन्तर भनेको भन्यै छ तर भारतले भने यसलाई टारिरहेको छ र हामी कुरेको कुर्यै छौं,’ उनले भनेका छन्, ‘भारतले त ईपीजीको प्रतिवेदन समेत स्वीकारेको छैन।’
नोभेम्बर २, २०१९ मा भारतले नयाँ नक्शा जारी गर्नासाथ नेपालले त्यसको विरोध जनाएको स्मरण गर्दै थापाले भनेका छन ‘ती विवाद सल्टाउनुको साटो झन् सडक निर्माण गरियाे।’
नेपालमा राजनीतिक दलहरु, संसद र सरकार सबैले एकमतले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर हाम्रो नक्शा सार्वजनिक गर्नुपर्छ भनी संयुक्तरुपमा निर्णय गरिएको जानकारी समेत उनले दिएका छन्।
थापाले आफू प्रतिपक्षी कांग्रेस पार्टीको भएता पनि नयाँ नक्शा जारी गर्ने सरकारको कदममा आफ्नो पार्टीलगायत नेपालमा सबैको साथ रहेको बताएका छन्।
‘जस्तोसुकै परिस्थिति आइपरे पनि हामीलाई साथ दिन आम नेपाली जनताको समर्थन छ,’ उनले भनेको छन्।
उनले यसको समाधान भने मुख्यतः भारतसँगै वार्ता गरेर निकाल्नुपर्ने र आवश्यक परे अरु कसैसँग पनि गर्नुपर्ने बताएका छन्।
मनिषाले यो द्विपक्षीय मामिलामा चीनलाई जोडेको भनी काैशलले आपत्ति जनाएका थिए।
Namaskar @governorswaraj jee.
— Gagan Thapa (@thapagk) May 22, 2020
I happened to read your response to @mkoirala 's tweet.That drew my attention. Being a Nepali national and MP of the main oppostion party I felt an urge to respond to it. https://t.co/awySWo2vAA pic.twitter.com/Xlyzw03xoc
Shares
प्रतिक्रिया