ट्विटरले आफ्ना ट्विटमा ‘तथ्य-जाँच’ राखेर गल्ती औंल्याइदिन थालेपछि आक्रोशित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने चेतावनी दिएका छन्।
ट्रम्पले अरूलाई आरोप लगाएर जथाभावी ट्विट गर्न थालेपछि ट्विटरले त्यसको तल चेतावनी चिह्न राखेर तथ्य प्रस्तुत गरी साँचो वा झुट साबित गर्न थालेपछि उनी आक्रोशित भएका हुन्।
हुलाकमार्फत हुने मतदानमा पूरै धाँधलीपूर्ण हुने भन्दै ट्रम्पले मंगलबार ट्विट गरेका थिए। तर ट्विटरले त्यसको तल हुलाकमार्फत हुने मतदान पारदर्शी हुने तथ्य राखेर उनको कुरा पहिलोपटक झुट साबित गरिदिएको थियो। त्यस दिनदेखि ट्विटरप्रति ट्रम्प आक्रोशित छन्।
त्यही दिनदेखि उनले लगातार ट्विट गरेर यो वाक् स्वतन्त्रताको हनन भनिरहेका छन्। त्यसपछि बुधबार बिहान अझ उत्तेजित हुँदै दुईवटा ट्विट गरेका हुन्।
जसमा उनले लेखेका छन्, ‘रिपब्लिकनहरूलाई लागेको होला, सामाजिक सञ्जालले कन्जभेटिभ आवाजलाई पूर्ण रूपमा बन्द गरेका छन्। तर हामी कडा नियमन गर्दै छौं वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द नै गर्ने छौं।’
याे पनि: ट्विटरले आफ्ना झुट कुरा भन्दिन थालेपछि ट्रम्प भए आगो
प्रतिक्रिया