जनकपुरधाम मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले संविधान स्पष्ट रहेका व्यवस्थाहरुमा पनि तीनै तहका सरकार बीच मतभिन्नता भइरहेको हुँदा त्यस स्पष्ट व्याख्या गर्न बारको भूमिका महत्वपूर्ण रहेको बताए।
अधिवक्ताहरुले पनि दलीय भावना अनुरुप अभिव्यक्ति दिनु चिन्ताको विषय रहेको बताउँँदै उनले कानूनको रक्षाको जिम्मेवारी बोकेका अधिवक्ताहरुलाई दलीय भावनाबाट माथि उठन आग्रह समेत गरे।
बारका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलीय र जातीय चिन्तनबाट बारलाई माथि उठेर संघीयताको कार्यान्वयनको पक्षमा अगााडि बढनु पर्ने उल्लेख गरे।
कार्यक्रममा वारका केन्द्रीय अध्यक्ष चन्देश्वर श्रेष्ठ, उच्च अदालत जनकपुरका मुख्यन्यायधीश हरिप्रसाद पोखरेलसहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।
प्रतिक्रिया