ad ad

राजनीति


रुकुम हत्याकाण्डको छानविन गर्न संसदीय विशेष समिति गठन गरिने

रुकुम हत्याकाण्डको छानविन गर्न संसदीय विशेष समिति गठन गरिने

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ६:१७,

रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाको छानविन गर्न संसदीय विशेष समिति बनाइने भएको छ।

व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकको सुरुमै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर सर्वदलीय संसदीय समिति गठन गर्न माग गरेका थिए।

त्यसपछि सभामुख अग्नि प्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरिने जानकारी दिएका हुन्। सभामुख सापकोटाले दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने बताए।

सो घटनाबारे छानविन गर्न सरकारले यसअघि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले घटनास्थलमै पुगेर अनुसन्धान अगाडि बढाइसकेको छ।

प्रतिपक्षी दल कांग्रेसकी सचेतक पुष्पा भुसालले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा नवराज विकसहित ६ जनाको हत्या भएको र घटनालाई सामूहिक नरसंहार भएको भन्दै सर्वदलीय संसदीय समिति गठन माग गरेकी थिइन्।

उनले रुकुम घटनाबारे गृहमन्त्री, महान्यायधिवक्ताका अभिव्यक्तिले यो घटनालाई कमजोर बनाउने प्रयास भएको भन्दै तत्काल संसदीय समितिको माग गरेको बताइन्।

जाजरकोटका युवा नवराज विकसहितको १९ जनाको टोली यही जेठ १० गते मल्ल थरकी प्रेमिकालाई लिन रुकुमपश्चिम गएका थिए। सोही दिन चौरचहारीका स्थानीयले उनीहरु लखेटेको र ६ जनाको हत्या गरी भेरी नदीमा फालेको पीडित पक्षले आरोप लगाउँदै आएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंका केटी, उनका आमाबाबा, वडाध्यक्ष डम्मरबहादुर मल्ल लगायतलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .