ad ad

राजनीति


विवादित निर्वाचन पूर्वाधार विकास कार्यक्रम गण्डकीमा निरन्तर

विवादित निर्वाचन पूर्वाधार विकास कार्यक्रम गण्डकीमा निरन्तर

वाशुदेव मिश्र
असार १, २०७७ सोमबार १२:२०,

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७७/०७८ मा पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विवादित सो कार्यक्रमलाई निरन्तता दिने घोषणा गरेका हुन्।

सभासदहरुबाटै बिरोध भएको सो कार्यक्रमको लागि उनले बजेटमा छुट्याएका छन्। 

कोरोनाको रोकथाम, नियन्त्रण र रोकथाम, संकटग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउने, प्राप्त प्रतिफलको समानुपातिक बाँडफाँड गर्ने, आर्थिक र वित्तीय अनुशासन कायम गर्ने उदेश्य बोकेको बजेटले स्वास्थ्य संस्थाको सुदृढिकरण र जनशक्ति व्यवस्थापन गर्ने, बेरोजगार नागरिकलाई रोजगार सृजना गर्ने, उद्योग/व्यवसायलाई पुनर्जीवन दिन कार्यक्रम संचालन गर्ने, आयात प्रतिस्थापन र रोजगार दिने क्षेत्रमा लगानी गर्ने, सामाजिक उत्थानको लागि सशक्तिकरण कार्यक्रम ल्याउने तथा शीघ्र प्रतिफल दिने विकास कार्यक्रम सञ्चालन गर्ने कार्यलाई बजेटले प्राथमिकता दिएको छ।

गण्डकी सरकारले आउँदो आर्थिक वर्षको लागि कोरोना नियन्त्रण गर्न २ अर्ब ९१ करोड ७६ लाख विनियोजन गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .