ad ad

राजनीति


हाम्रो अबको लक्ष्य भनेको कालपानीबाट भारतीय सेना फर्काउनु हो : सांसद अधिकारी

हाम्रो अबको लक्ष्य भनेको कालपानीबाट भारतीय सेना फर्काउनु हो : सांसद अधिकारी

नेपालखबर
असार ४, २०७७ बिहिबार ६:६,

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपालको अवको लक्ष्य भनेको कालापानीबाट भारतीय सेना फर्काउनु भएको बताएका छन्।

संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले  ल्याएको संविधान संशोधन विधेयक माथि  बिहीबार राष्ट्रियसभामा  भएकाे छलफलमा सांसद अधिकारीले प्रतिनिधि सभाबाटजस्तै राष्ट्रियसभाबाट पनि संशोधन विधेयक एक मतले पारित हुने बताए। उनले नेपालको छुटेको भूभाग नक्सामा समावेश गर्नका लागि संविधान संशोधन गर्न लागेको प्रस्ट पारे।

उनले नक्सा पास गरिसेकपछि नेपालको लक्ष्य भनेको कालपानीबाट भारतीय सेना हटाउनु र त्यहाँ नेपाली नागरिरको शासन स्थापना गर्नु रहेको बताए।

उनले भारत एकलौटी रुपमा नेपाली भूभागलाई आफ्नोमा राखेर नयाँ नक्सामा राखेपछि नेपालमा पनि त्यसको जवाफमा नेपालले पनि नयाँ नक्सा ल्याउनुपरेको बताए।

‘भारतले संसादबाट पारित गरेको नक्साबाट हामी फर्कँदैनौँ भनेपछि स्टाटसको एन्टी हुनका लागि नेपालको संसदले नयाँ नक्सा पास गर्नु जरुरी भएको हो’, उनले भने।

उनले भारतले संसदबाट नक्सा पास भएका कारण अरुका कुरा नसुन्ने बताएपछि नेपालले संसद, सरकारमाथि दबाब परेको, जनस्तरबाट दबाब स्वरुप नक्सा जारी नै गर्ने काम भएको बताए।

उनले नेपाल सरकारले कुटनीतिक तबरबाट अगाडि बढाउन विदेश सचिवस्तरीय बैठक पनि भारतले अस्वीकार गरेपछि नेपाल सरकारले नयाँ नक्सा जारी गरेको बताए।

उनले पश्चिमको सीमामा कुनै विवाद नभएको दावी गर्दै कालीनदी पूर्वको भाग नेपालको भएको प्रमाण्ले नै पुष्टि हुने बताए।

‘सुगौली सन्धिमा कालीनदी पश्चिम भारत भनिएको छ, कालीनदी पूर्व स्वतः नै नेपाल भयो’, उनले भने, ‘प्रमाणको हकमा सुगोली सन्धि भएपछि ५० औँ नक्सा बने ती नक्साले लिम्पियाधुरा तल झरेको खोला काली नदी भएको र काली नदिको पश्चिम भाग भारत र पूर्व भाग नेपाल भनेकाले अहिलेको हाम्रो नक्सा सुगौली सन्धिको जगमा उभिएको छ।’

उनले सुगौलीसन्धि बाहेक अन्य सम्झौताले नेपालको सीमा निर्धारण नगर्ने बताए।

अद्यावधिक नक्साको आधारमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधनका लागि जेठ ९ गते सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो। उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .