ad ad

राजनीति


चीनसँग ७ घण्टा कुरा गरेपछि अमेरिकाले दियो लद्दाख झडपबारे पहिलो प्रतिक्रिया

चीनसँग ७ घण्टा कुरा गरेपछि अमेरिकाले दियो लद्दाख झडपबारे पहिलो प्रतिक्रिया

नेपालखबर
असार ५, २०७७ शुक्रबार ३:५,

सीमा क्षेत्र लद्दाखमा भारत–चीनका सेनाबीच सोमबार राति भएको हिंसात्मक झडपबारे अमेरिकाले पहिलो प्रतिक्रिया दिएको छ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पीओले शुक्रबार ट्विट गर्दै भारतप्रति समवेदना व्यक्त गरेका हुन्।

माइक पोम्पीओले ट्विटरमा लेखेका छन्, ‘हामी हालसालै चीनसँगको झडपमा भारतीय सैनिक मारिएकामा भारतका जनताप्रति गहिरो संवेदना व्यक्त गर्छौं। हामी ती सैनिकको परिवारमा पर्न गएको पीडाप्रति गहिरो शोक प्रकट गर्छौं।’

 

अमेरिका यतिबेला भारत-चीनकाे तनावबीच चीनसँग चिसिरहेको आफ्नो सम्बन्ध सुधार्ने माैका पनि खोजिरहेको छ।

बीबीसीका अनुसार लद्दाख झडपबारे प्रतिक्रया दिनुपहिले बुधबार अमेरिकी विदेश मन्त्री पोम्पिओले चीनका शीर्ष कूटनीतिज्ञ याङ जीचीसँग ७ घण्टा कुराकानी गरेका थिए। दुवै जनाले त्यस राति सँगै खाना खानुका साथै बैठक गरेका थिए। 

pampioyang

यस बैठकबाट सबै कुरा समाधान नभए पनि चीन-अमेरिकाबीच जारी तनाव केही कम हुने र सहमतिको बाटाे खुल्ने विश्लेषकले विश्वास गरेका छन्।  

दुई देशबीचको यो बैठकले आफूहरुबीचकाे वैमनस्य बढाउन नचाहेको पनि देखिएको विश्लेषण गरिएकाे छ।

चीनले यो बैठक रचनात्मक भएको प्रतिक्रिया दिएको छ। 

चिनियाँ कूटनीतिज्ञ याङले हङकङ, ताइवान र सिजियाङकाे सवालमा कुनै दबाब नदिन अमेरिकालाई आग्रह गर्दै यो आफूहरूको आन्तरिक मामिला भएको बताएका थिए। 

यस्तै अमेरिकी विदेशमन्त्री पोम्पिओले चाहिँ काेराेनाबारे जानकारी चीनले पारदर्शी गर्नुपर्ने  आग्रह गरेका थिए। 

याे पनि: भिडन्तका बेला आफ्नो नियन्त्रणमा रहेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले छाड्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .