ad ad

राजनीति


लेखा समितिबाट राजीनामा दिँदै सांसद मनाङेले भने: समितिमा बस्नै लाज लाग्यो

लेखा समितिबाट राजीनामा दिँदै सांसद मनाङेले भने: समितिमा बस्नै लाज लाग्यो

वाशुदेव मिश्र
असार ८, २०७७ सोमबार ११:४३,

गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ ‘दीपक मनाङे’ले गण्डकी प्रदेशसभाको अर्थ तथा लेखा समितिको सदस्यबाट राजीनामा घोषणा गरेका छन्। गण्डकी प्रदेशसभाको बैठक चलिरहँदा उनले ‘समितिमा बसेर काम गर्न नसकिने रहेछ’ भन्दै पदबाट राजीनामा दिएका हुन्। 

उनले शुक्रबार सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हु्न्। उनले ढुंगा, गिट्टी ,बालुवा एवं क्रसर उद्योगमा भएको अनियमितता सबैले देखेको, कारबाही गर् पनि भनेको तर कारबाही नै नहुने भएपछि लाज लागेर पदबाट राजीनामा दिएको बताएका छन्।

‘मुख्यमन्त्री, मन्त्री त्यही बाटो ओहोरदोहोर गर्छन्’, उनले तनहुँ र कास्कीको सीमा क्षेत्र कोत्रेमा रहेका क्रसर उद्योगहरुको उदाहरण दिँदै भनेका छन्,‘अनियमितता भएको सबैले देखेका छन् तर कारबाहीको अधिकार छैन।’

मनाङको ‘ख’ बाट स्वतन्त्र उम्मेदवार बन्दै प्रदेशसभा सदस्य बनेका उनी पछिल्लो समय भने सत्तारुढ नेकपासँग आवद्ध छन्।

उनले राजीनामापछि प्रदेश सभासदहरुको काम नै नभएको र सदन गफ दिने र सुन्ने थलो मात्रै भएको जिकिर पनि गरेका छन्। उनको राजीनामाको अर्थ समितिका सभापति दीपक कोइरालाले पुष्टि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .