केहीदिन अगाडि भारतका एक जना केन्द्रीय मन्त्री जनरल भिके सिंहले चीनतर्फ ४० जना सैनिकको मृत्यु भएको दाबी गरेका थिए।
मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारतको दाबी गलत भएको प्रतिक्रिया जनाएका हुन्।
लिजियानले भनेका छन्,‘भारतीय सेनाले ४० चिनियाँ सेना मारेको भन्ने खबर फैलनु, त्यस्ता रिपोर्ट गलत जानकारी हुन्।’
Chinese FM on Tuesday slammed media reports citing an #Indian official claiming "at least 40 #Chinese soldiers killed during China-India border clash." Spokesperson Zhao Lijian was responding to a reporter, adding such reports are "false information." pic.twitter.com/cuBDtukxUp
— CGTN (@CGTNOfficial) June 23, 2020गतहप्ताको झडपका चिनियाँ सेनाको आक्रमणमा २० भारतीय सेना मारिएको भारतले पुष्टि गरेको छ। यद्यपी चीनले आफ्ना सेनाको अवस्थाका बारेमा केही जानकारी दिएको छैन।
‘यदि हामीले २० जना सैनिक गुमायौं भने उनीहरू ‘चीन’तर्फ दुई गुणाभन्दा बढी मारिए’ द हिन्दुसँगको कुराकानीमा पूर्व जनरल तथा हालका केन्द्रीय मन्त्री सिंहले भनेका थिए, ‘चीनले नम्बर लुकाउँछ, सन् १९६२ को युद्धमा पनि हताहतीको संख्या स्वीकार गरेको थिएन।’ एजेन्सी
प्रतिक्रिया