ad ad

राजनीति


कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार

नेपालखबर
असार १४, २०७७ आइतबार १४:४२,

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक असार १६ गते मंगलबार दिउँसो १ बजे बोलाउने निर्णय भएको कांग्रेस नेता रमेश लेखकले बताए।

पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो। नेता लेखकका अनुसार असार मसान्तसम्म समायोजनको काम सक्ने, साउन मसान्तमा क्रियाशिल सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको बताए।

कांग्रेसले यस अघि १४ औं महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते सम्मगर्ने निर्णय गरेको थियो। तर कोरोना भाइरसको कारण संक्रमण फैलिदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको थियो। कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो।

कांग्रेस नेता प्रकाशसरण महतले महाधिवेशन कार्यतालिकाला हेरफेर गर्ने नगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताए। उनले महाधिवेशनको अन्तिम मिति फागुन ७ नै राख्ने र त्यस अघि हुने क्रियाशिल सदस्यता तथा नवीकरणका कामको तालिका परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .