ad ad

समाज


वडा सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वडा सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १४, २०७७ आइतबार १४:३०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ। आयोगले नेपाल सरकारलाई प्राप्त हुने रु दुई लाख ७१ हजार ४२६ बराबरको भ्रष्टाचार गरेको जनाएको छ।

आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध रु दुई लाख ७१ हजार ४२६, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव रु एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध रु एक लाख १७ हजार २२८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।

उनीहरुलाई बिगोअनुसारको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले आजै कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने सेवाग्राहीको काम सहज गरिदिने प्रयोगका लागि नायब सुब्बा पन्थीले रु पाँच हजार घुस मागेको अभियोग लागेको छ।

यस्तै जिल्ला मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुले धादिङ जीवनपुरको एक सेवाग्राहीको जग्गा रजिस्ट्रसन पास गर्ने क्रममा रु पाँच हजार घुस लिएको अभियोग लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .